आज रामनवमी मनाउँदै

  गौरीशंकर टाइम्स संवाददाता  93 पटक हेरिएको

काठमाडौँ । आज रामनवमी पर्व चैते दशै मनाइँदैछ । हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक पूजापाठ गरेर रामनवमी पर्व मनाउने गर्छन् ।

हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । आज व्रत बसी श्रीरामको पूजापाठ, व्रत, उपासना र जप–ध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने धार्मिक मान्यता रहेको छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मेका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नास गरेका थिए ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवानको जन्मदिन भएकाले रामनवमी हिन्दु धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो ।

यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारिको राममन्दिर, गोकर्णेश्वरस्थित आरुबारीमा रहेको राम मन्दिरलगायत देशभरका विभिन्न स्थानमा रहेका राम मन्दिरमा मेला लाग्ने गर्दछ ।

त्यस्तै, मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ, पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन रहेको छ । आज सरकारले रामनवमी अर्थात चैतेदशैको अवसरमा सार्वजनिक विदा समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार