दोलखाबाट गएको जन्ती बस सिन्धुपाल्चोकमा दुर्घटना, तीन जनाको मृत्यु

  गौरीशंकर टाइम्स संवाददाता  248 पटक हेरिएको

दोलखा । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा जन्ती बस दुर्घटना भएको छ । दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर गएको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–५ पिस्करमा शुक्रबार विहान दुर्घटना भएको हो ।

दोलखाको सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकस्थित बेहुलीको घरतर्फ आउँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस शुक्रबार बिहान तौथलीको धारावतीमा दुर्घटना परेको थियो । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेहरु दोलखा भीमेश्वर नगरपालिका १ का मानबहादुर थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेको जिल्ला प्रहरी कार्यल सिन्धुपाल्चोकले जनाएको छ । दुर्घटनामा बेहुलासहित ५२ जना घाईते भएका थिए । घाइतेहरुलाई खाडीचौरको सदाबहार अस्पताल र धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार