गुरूङ चलचित्र “जिउनी” काठमाडौंमा भव्य प्रर्दशन, फोटोफिचर सहित

  गौरीशंकर टाइम्स संवाददाता  656 पटक हेरिएको

किशोर कुमार गुरुङ, काठमाडौं । गुरूङ सँस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “जिउनी” काठमाडौंमा भव्य प्रदर्शन गरिएको छ । चलचित्र “जिउनी” गोंगबुस्थित इन्फिनिटी मुभिज हलमा शनिवार औपचारिक कार्यक्रम आयोजना गरी प्रदर्शन गरिएको हो ।

जलकन्या फिल्मस प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र “जिउनी”को प्रिमियर शो बैशाख ८ गते शनिबार गंगबुस्थित इन्फिनिटी मुभिजमा भएको थियो । समाजसेवी तथा व्यवासायी जिबी गुरुङ र रसमाया गुरुङको निर्माण रहेको चलचित्रमा वरिष्ठ निर्देशक जनक गुरुङले निर्देशन गर्नु भएको छ । शनिवार प्रर्दशन भएको चलचित्र दुई शो नै उत्साहजनक हाउसफुल भएको चलचित्रकी निर्माता रसमाया गुरुङले बताइन् ।

सहनिर्देशक एवं परिकल्पनाकार टेक गुरुङले कथा लेख्नु भएको चलचित्रमा टेक गुरुङ, जनक गुरुङ, अशोक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, रबिन गुरुङ, गढुलधोज गुरुङ, हरिमाया गुरुङ, माया गुरुङ लगायतका कलाकारहरले अभिनय गरेका छन् ।

यस चलचित्रले सामाजिक विषयवस्तुलाई मुख्य कथा बस्तु बनाइएको छ । चलचित्र मार्मिक र सन्देश मुलक विषय बस्तुलाई उठाउने प्रयास गरिएको लेखन तथा कथाकार टेक गुरुङले बताउनु भयो । यस चलचित्र गुरुङ सँस्कृति मात्र नभई सिंगो नेपाली समाजमै हुने बास्तविक गतिविधिमा आधारित भएको हुँदा सबैले हेर्नु पर्ने उत्कृष्ट चलचित्र रहेको सह–निर्देशक एवं परिकल्पनाकार टेक गुरुङले बताउनुभयो ।

त्यसैगरी, चलचित्र निर्मता कम्पनीले शनिवार दुई सो प्रर्दशन गरेको थियो । चलचित्र प्रदर्शनका बेलामा पञ्चेबाजासहित चलचित्रकर्मी तथा दर्शकलाई स्वागत गरेको थियो । चलचित्र प्रदर्शनका क्रममा निर्मताले हलमै औपचारिक कार्यक्रम गरी सहयोगीलाई प्रमाणपत्र तथा खादा लगाई सम्मानसमेत गरेका थिए । चलचित्र बैशाख ८ देखि १५ गतेसम्म प्रदर्शन हुनेछ ।

फोटोफिचर सहित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार