सरकारले कतारका राजालाई स्वागत गर्न दियो सार्वजनिक बिदा

  गौरीशंकर टाइम्स संवाददाता  200 पटक हेरिएको

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज दुईदिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन् ।​ राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारी राजा थानी दुईदिने औपचारी भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

कतारी राजा थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गर्नेछन् । उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने परराष्ट्र मन्त्रालयले जनाएको छ । कतारी राजाले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्ने र उनको सम्मानमा मंगलबार साँझ राजकीय भोजको आयोजना गर्ने राष्ट्रपति कार्यलयले जनाएको छ ।

थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय भेट वार्ता गर्ने प्रधानमन्त्री कार्यलय स्रोतले जनाएको छ । नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी र शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने पराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुनेछ । कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट पहिलो पटक हुन लागेको हो । कतारी राजा दुईदिने भ्रमण सकेर बुधबार अपराह्न काठमाडौंबाट प्रस्थान गर्नेछन् ।

त्यसैगरी, कतारी राजालाई स्वागत गर्न सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार