विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा, अझै पुनः निर्माण अधुरो

  गौरीशंकर टाइम्स संवाददाता  155 पटक हेरिएको

काठमाडौं । वैशाख १२ गते विनाशकारी भूकम्पको ९ वर्ष पूरा भएको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो ।

भूकम्पबाट समग्रमा ३२ जिल्लामा क्षति पुगेको थियो । भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो ।

मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २२ हजार भन्दा घाइते र पाँच लाख ११ हजार ३९० घर ध्वस्त भएका थिए । भुकम्पबाट दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुगेको थियो ।

त्यसैगरी, भूकम्पबाट करिब सात खर्ब छ अर्ब बराबरको क्षति भएको सरकारले अनुमान गरिएको थियो । गोरखा भूकम्पको सम्झनामा खानी तथा भूगर्भविभागको बुधबार बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार