गुरुङ चलचित्र “जिउनी”ले मनाए सफलताको उत्सव, फोटो फिचरसहित

  गौरीशंकर टाइम्स संवाददाता  465 पटक हेरिएको

किशोर कुमार गुरुङ,

काठमाडौं । गुरूङ सँस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “जिउनी” ले प्रदर्शन सफलताको उत्सव मनाएको छ । काठमाडौंको गोंगबुस्थित इन्फिनिटी मुभिज हलमा शुक्रबार चलचित्र “जिउनी”ले सफलताको उत्सब मनाएको हो ।

गत शनिबारदेखि प्रर्दशन भएको चलचित्र “जिउनी” शुक्रबारसम्म उत्साहजनक प्रर्दशन भएको छ । चलचित्र पहिलो दिन दुई शो प्रर्दशन गरिएतापनि त्यसपछि दैनिक एक शो प्रर्दशन गरिदै आएको थियो ।

चलचित्र प्रर्दशनमा शुक्रबारसम्म करिब एक हजार भन्दा बढी दर्शक सहभागीता भएको निर्माताले जनाएको छ । चलचित्र निर्माता गोठ बहादुर गुरुङ र रसमाया गुरुङले कलाकारहरु बिच साँस्कृतिक कार्यक्रम आयोजना गरी सफलताको साप्ताहि उत्सव मनाएका हुन् ।

जलकन्या फिल्मस प्रोडक्सन प्रा.लि.को व्यानरमा निर्माण भएको पहिलो चलचित्र “जिउनी” समाजसेवि एवं व्यवासायी गोठ बहादुर गुरुङ र रसमाया गुरुङ निर्माता रहनुभएको छ । वरिष्ठ निर्देशक जनक गुरुङले निर्देशन गर्नु भएको चलचित्रमा टेक बहादुर गुरुङले सहनिर्देशन गर्नुभएको छ । गत शनिवार दुई शो प्रर्दशन भएको चलचित्रमा उत्साहजनक हाउसफुल भएको चलचित्रकी निर्माता रसमाया गुरुङले बताइन् ।

सहनिर्देशक एवं परिकल्पनाकार टेक बहादुर गुरुङले कथा लेख्नु भएको चलचित्रमा टेक गुरुङ, जनक गुरुङ, अशोक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, रबिन गुरुङ, गढुलधोज गुरुङ, हरिमाया गुरुङ, माया गुरुङ लगायतका कलाकारहरले अभिनय गरेका छन् ।

यस चलचित्रले सामाजिक विषयवस्तुलाई मुख्य कथा बस्तु बनाइएको छ । चलचित्र मार्मिक र सन्देश मुलक विषय बस्तुलाई उठाउने प्रयास गरिएको लेखन तथा कथाकार टेक गुरुङले बताउनु भयो । यस चलचित्र गुरुङ सँस्कृति मात्र नभई सिंगो नेपाली समाजमै हुने बास्तविक गतिविधिमा आधारित भएको हुँदा सबैले हेर्नु पर्ने उत्कृष्ट चलचित्र रहेको सह–निर्देशक एवं परिकल्पनाकार टेक गुरुङले बताउनुभयो ।

त्यसैगरी, चलचित्र उपत्यकामा सफलतापूर्वक प्रर्दशन भएपश्चात उपत्यका बाहिरा पोखरा, चितवन, बुटवल, स्याङ्जा लगाएतका जिल्लाहरुमा पनि लैजाने निर्मताले जनाएको छ । चलचित्र “जिउनी” उपत्यकामा उत्साहपूर्वक प्रर्दशन भएकाले विदेशमा समेत प्रर्दशनको तयारी गरिने निर्देशक जनक गुरुङले बताए । चलचित्र बैशाख १५ गते शनिबारसम्म प्रर्दशन हुनेछ ।

फोटोफिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार