आज इलाम र बझाङमा उपनिर्वाचन हुदै

  गौरीशंकर टाइम्स संवाददाता  126 पटक हेरिएको

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । दुबै जिल्लामा बिहान सात बजेबाट मतदान सुरु भएको छ ।

इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने जानकारी दिनुभयो । इलाम–२ मा ४२ वटा वडामा मतदान रहेको छ । जसमा ७९ वटा मतदान स्थल र १ सय ४९ वटा मतदान केन्द्रमा ७ सय ४५ जना कर्मचारी खटिएका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् ।

यसैगरी बझाङ प्रदेश सभा–१(१) को उपनिर्वाचनका लागि पनि मतदान आजै हुँदैछ । बझाङ प्रदेश सभा–१(१) मा ७४ मतदान स्थलमा ९३ वटै मतदान केन्द्रमा मतदाता हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बझाङका सूचना अधिकारी प्रकाशबहादुर सिंहले बताउनुभयो । मतदान केन्द्र र मतदाताको सुरक्षाका लागि एक हजार पाँच सय बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि बझाङ प्रदेश सभा–१(१) मा ११ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । २०७९ को निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भए पछि त्यहाँ उप निर्वाचन हुन लागेको हो । यस निर्वाचन क्षेत्रमा ६१ हजार ७ सय ४८ जना मतदाता रहेका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार