बझाङको उपचुनावमा एमालेका भण्डारी विजयी

  गाैरीशंकर टाइम्स संवाददाता  101 पटक हेरिएको

काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएको उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन । एमालेका उम्मेदवार भण्डारीले ११ हजार ६१३ मत प्राप्त गरी विजयी भएका हुन ।

निर्वाचन आयोगले अन्तिम मत परिणाम प्रकाशित गरी भण्डारीलाई विजयी घोषणा गरेको हो । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी भएका हुन् । भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त भएको आयोगले जनाएको छ ।

त्यसैगरी, शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको थियो । यहाँ चुनावी मैदानमा ११ दलका उम्मेदवार प्रतिस्पर्धामा थिए । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । कांग्रेसका उम्मेदवार सिंह उनकै छोरा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार