इलाममा एमालेको अग्रता कायमै

  गाैरीशंकर टाइम्स संवाददाता  114 पटक हेरिएको

काठमाडौं । इलाम–२ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले साढे १३ हजार मत कटाउँदा मतान्तर ४ हजारले अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गर्दा प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ३८६ मत पाएका छन् ।

त्यसैगरी, स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ९८ र रास्वपाका उम्मेदवार मिलन लिम्बूले अहिलेसम्म १ हजार ७ सय १३ मत प्राप्त गरेका छन् । इलाममा संविधानसभाका अध्यक्ष एवं प्रतिनीधिसभाका सदस्य सुवासचन्द्र नेवाङको निधान भएपश्चात उपचुनाव भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार