बझाङको उपनिर्वाचनमा ८ उम्मेदवारको धरौटी जफत

  गौरीशंकर टाइम्स संवाददाता  115 पटक हेरिएको

काठमाडौं । बझाङमा हालै मात्र सम्पन्न प्रदेशसभा सदस्य उपनिर्वाचनमा ८ जना उम्मेदवारको धरौटी जफत भएको छ । आज दिउँसो प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ मा उल्लेख भए अनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।

शनिबार सम्पन्न उपनिर्वाचनमा बझाङ १ को (१) मा २९ हजार ७ सय ५ सदर मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । जसअनुसार धरौटी जफत नहुनका लागि २ हजार ९ सय ७१ मत ल्याउनु पर्ने हुन्छ । निर्वाचित उम्मेदवारको हकमा भने यो लागू नहुने कानुनी व्यवस्था रहेको छ ।

चौथो स्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले जम्मा २ हजार ५१४ मत पाएको थिए । धरौटी जफत हुने अन्य उम्मेदवारहरूमा राप्रपाका किशोर कुमार खड्का (२४२), जसपाका रामबहादुर जाग्री (३५) गजेन्द्र बहादुर थापा (३५), दीपकबहादुर खड्का (२८), सुशीला देवी विष्ट (२६), खगेन्द्रबहादुर शाही (२४) र कमल घर्तीमगर (२) रहेका छन् ।

ऐन अनुसार प्रदेशसभा सदस्य उम्मेदवारले निर्वाचन प्रणाली अन्तर्गत पाँच हजार रुपैयाँ धरौटी बुझाउनु पर्दछ । बझाङ १ (१) मा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६१३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक बहादुर सिंहले ११ हजार ३४६ मत ल्याएको थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार