इलाम–२ मा एमालेका उम्मेदवार नेम्वाङ विजयी

  गौरीशंकर टाइम्स संवाददाता  239 पटक हेरिएको

काठमाडौं । इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् । गत शनिबार भएको उपनिर्वाचनमा सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् । त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका छन् भने रास्वपा उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गरेका छन् ।

कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा जम्मा ६९ हजार २८७ मत खसेको थियो । जसमा ६८ हजार ४७२ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस क्षेत्रमा संविधान सभाका अध्याक्ष एवं प्रतिनीधि सभा सदस्य सुवास नेवाङको निधन भएपछि उपनिर्वाचन भएको हो । हाल निर्वाचित सुहाङ उनैको छोरा हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार