डिजेल र मट्टितेलको मूल्य घट्दा हवाई इन्धनको बढ्यो

  गौरीशंकर टाइम्स संवाददाता  155 पटक हेरिएको

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि गरेको हो ।

यससँगै डिजल र मट्टितेलको मूल्य घटेर काठमाडौं उपत्यकामा १५९ रुपैयाँ कायम भएको छ । बढेको मुल्य नयाँ मूल्य मंगलबार मध्य रातीबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल र एल. पि. ग्यासको बिक्री मूल्य यावत रहेको छ ।

त्यसैगरी, इण्डियन आयल कर्पोरेशनबाट मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटेर तथा हवाई इन्धनको मूल्य बढेर आएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार