आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस

  गौरीशंकर टाइम्स संवाददाता  179 पटक हेरिएको

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभरी मजदुर संघ संगठनहरूले बिभिन्न कार्यक्रम गरी मनाउँदै छन । नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।

यस दिवसको अवसरमा विश्वभरी बिभिन्न अन्तरक्रिया, गोष्ठी लगायतको कार्यक्रम आयोजना गरी मनाइनेछ । सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आएको छ ।

सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको थियो । यस वर्ष दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको छ ।

त्यसैगरी, आज राजधानीमा विभिन्न ट्रेड युनियन महासङ्घले र्‍याली निकालेका छन् । उनीहरूले मजदुर तथा श्रमिक वर्गको हकहितका लागि विभिन्न नाराका साथ र्‍याली निकालेका हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार