अन्र्तराष्ट्रिय उसु प्रतियोगितामा विद्या गुरुङले जितिन रजत पदक

  गौरीशंकर टाइम्स संवाददाता  72 पटक हेरिएको

किशोर कुमार गुरुङ,

काठमाडौं । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा “अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४” मा विद्या गुरुङले शिल्भर मेडल जितेकी छन् । चिनमा सम्पन्न भएको नेपाली राष्ट्रिय उसु टोली अन्र्तगत विद्या गुरुङले रजत पदक ५६ केजी उत्कृष्ट प्रदर्शन गर्दै शिल्भर मेडल जितेकी हुन् ।

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०८१ बैशाख ९ देखि १४ सम्म चिनमा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय उसु प्रतियोगितामा नेपालले दुई रजत र चार कास्यापदक सहिद ६ पदक जितेको थियो ।

नेपालका तर्फबाट सहभागि भएका खेलाडीहरु सन्जिब महर्जन रजत पदक ८० केजी, दिपक हामाल २ कास्य पदक नान छुवान, तुईलिन, बिजय सिन्जाली कास्य पदक तुईलिन, राजिब तामाङ कास्य पदक तुईलिन, लमन्ति श्रेष्ठ कास्य पदक ६५ केजी र किरण सिंह साउदले पदक ९० केजी जितेको नेपाल उसु महासंघले जनाएको छ ।

त्यस्तै नेपालले पछिल्लो समयमा खेलकुद मार्फत ऐतिहासिक रेकर्ड कायम गर्दै आएको छ । नेपालले उसु, क्रिकेट, फुटवल लगाएको खेलकुद मार्फत विश्वव्यापी नेपाली पहिचाहन कायम राख्न सफल भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार