एमाले दोलखाले धमाधम पालिकास्तरको अधिवेशन गर्दै

  गौरीशंकर टाइम्स संवाददाता  172 पटक हेरिएको

दोलखा । जिल्ला अधिवेशन सकिए लगत्तै नेकपा एमाले दोलखाले धमाधम पालिकास्तरको अधिवेशन गरिरहेको छ  । नयाँ नेतृत्व सहितको जिल्ला अधिवेशन गत माघमा सम्पन्न गरेको एमालेले पालिकास्तरको अधिवेशन गरिरहेको हो ।

माघ २२, २३ र २४ मा जिल्ला अधिवेशन सम्पन्न गरे लगत्तै नेकपा एमाले दोलखा पालिकास्तरको अधिवेशनमा जुटेको हो । अधिवेशनका लागि एमाले नेताहरु पालिका पालिकामा पुगेका छन् । नेकपा एमाले दोलखाले दोलखा काठमाडौँ सम्पर्क मञ्चको पनि नेतृत्व चयन गरिसकेको छ । निर्वाचन प्रक्रियाबाट उमेश खड्काको अध्यक्षतामा दोलखा काठमाण्डौँ सम्पर्क मञ्चको नयाँ नेतृत्व चयन भएको हो । एमाले दोलखाको हालसम्म जिरी, वैतेश्वर, मेलुङ, तामाकोशी र कालिञ्चोक गाउँपालिकामा पालिकास्तरको अधिवेशन सम्पन्न भैसकेको छ । पाँचवटै पालिकामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको एमाले दोलखाले जनाएको छ ।

पालिकास्तरको अधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यही बैशाख २९ गते पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने तयारी भैरहेको एमालेले जनाएको छ । जसअनुसार बैशाख २२ गते भीमेश्वर, बिगु र गौरीशंकरमा पालिकास्तरको अधिवेशन हुनेछ भने २९ गते शैलुङमा सम्पन्न गरेर अधिवेशन समापन गरिने कार्यतालिका तय भएकोे छ । सबै पालिकाको अधिवेशन पार्टीका ईन्चार्ज, सह ईन्चार्ज, जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय नेतृत्व लगायतका नेताहरुको साझा सहमति र एजेण्डाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन हुने अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार