गौरीशंकरमा पर्यटनको भर्जिन क्षेत्र बनाउने भन्दै रोकिएका सडक निर्माणको गति अघि बढ्यो

  गौरीशंकर टाइम्स संवाददाता  80 पटक हेरिएको

किशोर कुमार गुरुङ
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा ग्रामीण सडक निर्माण कार्य सुरू गरिएको छ । गौरीशंकर गाउँपालिका–९, टासीनाममा जगत–टासीनाम हुदै सिमीगाँउसम्म ग्रामीण सडकको ट्याक निर्माण सुरु गरिएको हो ।

गाउँमा उत्पादित कृषिजन्य बस्तुलाई सहजरुपमा निर्यात गर्न, खाद्यन्न ढुवानी, आवतजावत लगाएतको कार्यलाई सहजताका लागि गाउँपालिकाको विनियोजित बजेटले टासीनाममा जगत–टासीनाम–सिमीगाँउ ग्रामीण सडक ट्याक निर्माण सुरु गरेको वडाध्यक्ष ङिमागेली शेर्पाले बताए । सडक निर्माणका लागि गौरीशंकर गाउँपालिकाबाट विनियोजित ५० लाखको बजेट पालिकाको टेन्डर आह्वन मार्फत बुदे पोखरी कन्स्ट्रक्सन प्रा।लि। ले टासीनामको ग्रामीण सडक निर्माण गर्न लागेको वडाध्यक्ष शेर्पाले बताए ।

हालसम्म निर्माण भएको जगत–टासीनाम–सिमीगाउ ग्रामीण सडक साढे सात किलोमिटरका सडकमा समेत स्तरउन्नती कार्यसमेत भईरहेको वडाध्यक्ष शेर्पाले बताए । वडाध्यक्ष शेर्पाका अनुसार सडक स्तरउन्नतीका लागि ग्याबिन जाली भर्ने, नाली बनाउने, ठाउँ–ठाउँमा फराकिलो बनाउने कार्य समेत गरिदै आएको बताए । सडक निर्माण भएपश्चात टासीनाममा उत्पादन हुने आलु, तरकारी, फलफुल निर्यात गर्न र स्थानीय आवतजावत गर्नका लागि सहज बाटो खुल्ने छ ।

यस क्षेत्रमा राजनीतिक दलले पर्यटनको भर्जिन क्षेत्र बनाउनु पर्छ भन्दै ग्रामीण सडक निर्माणका लागि कुनै पहल गरेको थिएन । स्थानीयको मर्का र ढुवानी खर्चिलो बन्दै गएको हुदाँ सडक मार्गको अत्यवाश्य भएका हुनाले पछिल्लो समयमा गाउँपालिका र वडा कार्यलयले ग्रामीण सडक निर्माणलाई प्राथमिकताका साथ सडक ट्याक खोल्न थालिएको हो । सो सडकखण्डमा जगतको सिप्रिङ खोलादेखि फेदी हुदै टासीनामको गुयाली चौरसम्म यसअघिनै साँढे सात किलोमिटर ग्रामीण सडक ट्रयाक खोलिसकेको छ ।

यस्तै, टासीनाम–सिमीगाउ ग्रामीण सडक निर्माण गर्न यस वर्ष गुयाली चौरबाट गुम्बा हुदै देउराली डाडासम्म ५ किलोमिटर ट्याक निर्माण हुनेछ । जसअन्र्तगत ३ किलोमिटर पालिका र २ किलोमिटर स्थानीय श्रमदानको बजेटबाट सडक ट्याक निर्माण गर्ने लक्ष्य रहेको वडाध्यक्ष शेपाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार