विद्याको अन्र्तराष्ट्रिय खेलकुदमा छलाङ, जितिन रजत पदक

  गौरीशंकर टाइम्स संवाददाता  718 पटक हेरिएको

किशोर कुमार गुरुङ, काठमाडौं । चिनमा भएको “अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४” मा विद्या गुरुङले रजत पदक जितेकी छिन् । अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा भएको उसु प्रतियोगितामा विद्या गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक अन्र्तगत शिल्भर मेडल जितेकी हुन् ।

अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०८१ बैशाख ९ देखि १४ सम्म चिनमा सम्पन्न भएको थियो । उसु खेलाडी विद्याले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न प्रतियोगितामा भाग लिईसकेको छ । उनले कडा मेहनत र परिश्रम फलस्वरुप अहिले अन्र्तराष्ट्रिय पदक प्राप्त गर्न सफल भएकी बताइन् । उनी हाल शसस्त्र प्रहरी बलको खेलकुद विभागमा कार्यरत छिन ।

नेपाली राष्ट्रिय उसु टोलीका तर्फबाट सहभागि भएका खेलाडीहरु विद्या गुरुङ रजत पदक ५६ केजी, सन्जिब महर्जन रजत पदक ८० केजी, दिपक हमाल २ कास्य पदक नान छुवान, तुईलिन, बिजय सिन्जाली कास्य पदक तुईलिन, राजिब तामाङ कास्य पदक तुईलिन, लमन्ति श्रेष्ठ कास्य पदक ६५ केजी र किरण सिंह साउदले पदक ९० केजी जितेको नेपाल उसु महासंघले जनाएको छ । प्रतियोगितामा नेपालले दुई रजत र चार कास्यापदक सहिद ६ पदक जितेका छन् ।

त्यस्तै नेपालले पछिल्लो समयमा खेलकुद मार्फत ऐतिहासिक रेकर्ड कायम गर्दै आएको छ । नेपालले उसु, क्रिकेट, फुटवल लगाएको खेलकुद मार्फत विश्वव्यापी नेपाली पहिचाहन कायम राख्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार