पर्यटनको हब भन्दै पहुँचबाट बञ्चित गरेको गौरीशंकरमा सडक निर्माण सुरु

  गौरीशंकर टाइम्स संवाददाता  409 पटक हेरिएको

किशोर कुमार गुरुङ
दोलखा । पर्यटनको हब बनाउने भन्दै स्थानीयलाई सडकको पहुँचबाट बञ्चित गरेको गौरीशंकरमा ग्रामीण सडक निर्माण कार्य सुरू भएको छ । गौरीशंकर गाउँपालिका–९, टासीनाममा जगत–टासीनाम हुदै सिमीगाँउसम्म जोड्ने ग्रामीण सडकको ट्याक निर्माण सुरु भएको हो ।

गाउँमा उत्पादित कृषिजन्य बस्तुलाई सहजरुपमा निर्यात गर्न, खाद्यन्न ढुवानी, आवतजावत लगाएतको कार्यलाई सहजताका लागि गाउँपालिकाको विनियोजित बजेटले टासीनाम–सिमीगाँउ ग्रामीण सडक ट्याक निर्माण सुरु गरेको वडाध्यक्ष ङिमागेली शेर्पाले बताए । सडक निर्माणका लागि गौरीशंकर गाउँपालिकाबाट विनियोजित ५० लाखको बजेट पालिकाको टेन्डर आह्वन मार्फत बुदे पोखरी कन्स्ट्रक्सन प्रा.लि. ले टासीनामको ग्रामीण सडक निर्माण गर्न लागेको वडाध्यक्ष शेर्पाले बताए ।

यसअघि निर्माण भएको जगत–टासीनाम–सिमीगाउ ग्रामीण सडक साढे सात किलोमिटरमा स्तरउन्नती कार्यसमेत भईरहेको वडाध्यक्ष शेर्पाले बताए । वडाध्यक्ष शेर्पाका अनुसार सडक स्तरउन्नतीका लागि ग्याबिन जाली भर्ने, नाली बनाउने, ठाउँ–ठाउँमा फराकिलो बनाउने कार्य समेत गरिदै आएको बताए । सडक निर्माण भएपश्चात टासीनाममा उत्पादन हुने आलु, तरकारी, फलफुल निर्यात गर्न र स्थानीय आवतजावत गर्नका सहज हुनेछ ।

गौरीशंकर–९ मा जिल्लाका विभिन्न राजनीतिक दलले पर्यटनको हब बनाउने भन्दै स्थानीयलाई सडकको पहुँचबाट बञ्चित गराएको थियो । राजनीतिक दलका नेताहरुले गौरीशंकर क्षेत्रलाई पर्यटनको हब बनाउने भन्दै स्थानीयलाई आश्वासन मात्र बाड्ने र कुनै दिर्घकालिन गुरुयोजना नभएका हुदाँ स्थानीय पराम्परागतकै शैलीमा जिवन निर्वाह गर्न बाध्यकारी थियो । सरकारी तवरबाट त्यस क्षेत्रमा यातायात जोड्ने र त्यसको विकल्प बारे कुनै पहल समेत परिकल्पना गरेका थिएन ।

वडाको अधिकांश स्थानीयहरु पर्यटन क्षेत्रमा आवद्ध छन् । वडाको पर्यटकीय क्षेत्रका मुख्य आर्कषक रोल्वालिङ भ्याली अन्र्तगत गौरीशंकर हिमाल, बेदिङ, नाँ गाउँ, च्छोरोल्पा हिमताल, दुधकुण्ड, टसीलप्चा पास, जिल्लाकै पहाडी भ्यु टावरको रुपमा चिनिने दाल्दुङ डाडा लगायत अन्य थुप्रै हिमाल र झर्नाहरु सहित धेरै आर्कषण क्षेत्रहरु छ । अधिकांश स्वदेशी तथा विदेशी पर्यटकहरु घुम्न आएतापनि भौगोलिक विकटता र यातायातको समस्याले गर्दा पर्यटन क्षेत्र प्रभावकारी बन्न सकेको छैना । राज्यको दुरर्दशीताको अभाव र भौगोलिक विकटताले गर्दा स्थानीयहरु अझै भारी बोक्न र पराम्परागत शैलीकै गतिविधिमा अवद्ध भैइ जिवन निर्वाह गर्न बाध्यकारी भएका छन् ।

स्थानीयको दैनिकी सञ्चालनमा कठिनाई र खाद्यन्न लगायतको सामाग्री ढुवानी खर्चिलो बन्दै गएकाले सडक मार्गको अत्यवाश्य भएका हुदाँ पछिल्लो समयमा गाउँपालिका र वडा कार्यलयले ग्रामीण सडक निर्माणलाई प्राथमिकताका दिई ट्याक खोल्न थालिएको थियो । सो सडकखण्डमा जगतको सिप्रिङ खोलादेखि फेदी हुदै टासीनामको गुयाली चौरसम्म यसअघिनै साँढे सात किलोमिटर ग्रामीण सडक ट्रयाक खोलिसकेको छ ।

टासीनामको आधा बाटोसम्म भर्खरै खोलेको ग्रामीण सडकमा बलेरो आवतजावतले स्थानीयमा केहि मात्रामा राहत पुगेको छ । खाद्यन्न ढुवानी, दैनिक आवतजावत, विरामी परेकालाई अस्पतालसम्म पुर्याउन लगाएतको आपतविपद् परेकालाई सघाउन सडक मार्गले ठुलो राहत पुगेको स्थानीयहरु बताउछन् । विकास निर्माणको मुख्य मेरुदण्डनै सडकमार्ग भएकाले ग्रामिण सडक ट्याकलाई सुधारन्मोख गरी स्तरीय बनाउन स्थानीयले माग गरेको छ ।

यस्तै, टासीनाम–सिमीगाउ ग्रामीण सडक निर्माण गर्न यस वर्ष गुयाली चौरबाट गुम्बा हुदै देउराली डाडासम्म ५ किलोमिटर ट्याक निर्माण हुनेछ । जसअन्र्तगत आ।व २०८०/८१ मा ३ किलोमिटर पालिका र २ किलोमिटर स्थानीय स्रोतको बजेटबाट सडक ट्याक निर्माण गर्ने लक्ष्य रहेको वडाध्यक्ष शेपाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार