पठाओको एकाधिकार तोड्दै इन्ड्राइभ दर्ता, कम्पनीको पुँजी ५ करोड

  गौरीशंकर टाइम्स संवाददाता  184 पटक हेरिएको

काठमाडौं । नेपालमा बिना दर्ता सञ्चालनमा रहेको अमेरिकी राइड सेयरिङ कम्पनी ‘इन्ड्राइभ’ दर्ता भएको छ । विगत तीन वर्षदेखि विना दर्ता सञ्चालनमा रहेको इन्ड्राइभ ५ करोड रुपैयाँ लगानी राखेर वैधानिकरुपमा दर्ता भएको हो ।

नेपालमा २०७८ वैशाखमै दर्ता भएर सञ्चालनमा आउने बताएको इन्ड्राइभले हालसम्म पनि प्रक्रिया भने पूरा गरेको थिएन । सोमबार कम्पनीले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपालमा औपचारिक रुपमा सेवाको घोषणा गरेको हो ।

अब भने कानुनीरुपमा दर्ता भई औपचारिकरुपमा सञ्चालनमा आउन लागेको इन्ड्राइभले चालकबाट कमिसन पनि लिने बताएको छ । यसअघि ‘पठाओ’ भन्दा केही कम रकममा सेवा दिइरहेको इन्ड्राइभले आफ्ना चालकहरुबाट कमिसन भने लिएको थिएन ।

इन्ड्राइभ पठाओको एकाधिकार तोड्दै प्रतिस्पर्धी कम्पनीका रुपमा हेरिएको छ । दर्ता भएसँगै कमिसन पनि लिने तयारी गरेपनि कति प्रतिशत कमिसन लिने भन्नेबारे भने हालसम्म इन्ड्राइभले कुनै जानकारी गराएको छैन ।

हाल सजिलो, रिडेक्सलगायत केही कम्पनी नेपालमा रहेता पनि राइड सेयरिङमा पठाओको बर्चस्व कायम रहेकोमा केही समययता इन्ड्राइभ पठाओलाई तीव्र चुनौती दिएको छ । यसले छोटो समयमा राम्रो बजार विस्तार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार