गुरुङ चलचित्र “जिउनी” बैशाख २९ गते चितवनमा प्रर्दशन हुदै

  गौरीशंकर टाइम्स संवाददाता  335 पटक हेरिएको

किशोर कुमार गुरुङ, काठमाडौं । गुरूङ सँस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “जिउनी” चितवनमा प्रर्दशन हुने भएको छ । उपत्यकामा बैशाख ८ देखि १५ गतेसम्म सफलतापूर्वक प्रर्दशन भएपछि बैशाख २९ गते उपत्यका बाहिरा चितवनमा पहिलो पटक प्रर्दशन हुन लागेको हो ।

जलकन्या फिल्मस प्रोडक्सन प्रा.लि.को व्यानरमा प्रस्तुत भएको पहिलो चलचित्र “जिउनी” समाजसेवि एवं व्यवासायी दम्पती गोठ बहादुर गुरुङ र रसमाया गुरुङले निर्माण गर्नुभएको हो । चलचित्रमा वरिष्ठ निर्देशक जनक गुरुङले निर्देशन र टेक बहादुर गुरुङले सहनिर्देशन गर्नुभएको छ । काठमाडौंमा चलचित्र “जिउनी” आठ दिनसम्म उत्साहजनक प्रर्दशन भएको थियो । बैशाख ८ गते शनिबार दुई शो प्रर्दशन गरेपछि दैनिक एक शो प्रर्दशन गरेको थियो ।

चलचित्र बैशाख २९ गते चितवनको नारायणघाढस्थित इन्द्रदेबि चलचित्र हलमा प्रर्दशन हुनलागेको निर्मता गोठ बहादुर गुरुङले बताउनु भयो । चलचित्र निर्मता गुरुङका अनुसार काठमाडौंमा आठ दिनसम्म भब्यताका साथ प्रर्दशन भएपछि पहिलो पटक उपत्यका बाहिरा चितवनमा प्रर्दशन गर्न लागिएको बताउनु भयो । निर्मता गुरुङले चितवनमा बस्नु हुने सम्पूर्णलाई चलचित्र हेर्नको लागि आग्रह समेत गर्नुभएको छ ।

सहनिर्देशक एवं परिकल्पनाकार टेक बहादुर गुरुङले कथा लेख्नु भएको चलचित्रमा टेक गुरुङ, जनक गुरुङ, अशोक गुरुङ, आकृति गुरुङ, आनन्द गुरुङ, अन्जु गुरुङ, रबिन गुरुङ, गढुलधोज गुरुङ, हरिमाया गुरुङ, माया गुरुङ लगायतका कलाकारहरले अभिनय गरेका छन् ।

यस चलचित्रले सामाजिक विषयवस्तुलाई मुख्य कथा बस्तु बनाइएको छ । चलचित्र मार्मिक र सन्देश मुलक विषय बस्तुलाई उठाउने प्रयास गरिएको लेखन तथा कथाकार टेक गुरुङले बताउनु भयो । यस चलचित्र गुरुङ सँस्कृति मात्र नभई सिंगो नेपाली समाजमै हुने बास्तविक गतिविधिमा आधारित भएको हुँदा सबैले हेर्नु पर्ने उत्कृष्ट चलचित्र रहेको सह–निर्देशक एवं परिकल्पनाकार टेक गुरुङले बताउनुभयो ।

त्यसैगरी, बैशाख २९ गते शनिवार २ः३० बजेबाट प्रर्दशन हुने चलचित्रको प्रबेश शुल्क तिन सय तोकेको छ । टिकट शनिबार चलचित्र हल परिसरबाट वितरण गरिने तमुस्यो ह्युल छोज धी गुरुङ महिला राष्ट्रीय परिषदका बागमति प्रदेशकी उपाध्यक्ष हरिमाया गुरुङले जानकारी दिइन् । टिकट अग्रिम बुकिङका लागि ९८४५३९०२२२ मा फोन मार्फत बुक गर्न सकिने समेत जानकारी गराइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार