मिलिजुली बाबा स्यार्का समुहको प्रथम वार्षिक स्थापना दिवस सम्पन्न, फोटो फिचरसहित

  गौरीशंकर टाइम्स संवाददाता  866 पटक हेरिएको

किशोर कुमार गुरुङ, काठमाडौं । मिलिजुली बाबा स्यार्का समुह नार लामा क्होईबो धिँ गुम्बाको प्रथम वार्षिक स्थापना दिवस सम्पन्न भएको छ । मिलिजुली बाबा स्यार्का समुहको अध्यक्ष भिम गुरुङको अध्यक्षता र खेगी लामागुरु कृष्ण बहादुर गुरुङको प्रमुख अतिथ्यतामा प्रथम वार्षिक स्थापना दिवस सम्पन्न भएको हो ।

मिलिजुली आमा समूह गुम्बा बुढानिलकण्ठमा बैशाख २९ गते शनिबार भएको प्रथम स्थापना दिवसका साँस्कृतिक कार्यक्रममा तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद केन्द्रिय समितिका अध्यक्ष कर्ण बहादुर गुरुङ, सल्लाहकार गर्ज बहादुर गुरुङ, धार्चे गाउँपालिका पूर्वअध्यक्ष सन्तोष गुरुङ, दीप फिल्म प्रोडक्शन प्रा.लि.को निर्देशक दीप गुरुङ, आशिमाला फिल्म प्रोडकशन प्रा.लि.का निर्देशक मन बहादुर गुरुङ, सिंगापुर इन्टरप्रजेजका प्रोफाइटर बिनोद गुरुङ, तमू सञ्चारकर्मी मनु कोन्मे गुरुङ लगायत तमू बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथि लगाएत सम्पूर्ण उपस्थितिलाई पञ्च कन्याले टिका, खादा माला लगाई स्वागत गरेका थिए । वार्षिक उत्सवमा संस्थाको तर्फबाट आर्थिक, भौतिक तथा विभिन्न तवरबाट सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरेका थिए । आयोजकले सहभागीलाई खाजा तथा खानाको व्यवस्था पनि गरेको थियो ।

कार्यक्रममा तमु समाज इजरायलका भुपु संरक्षक डम्बर गुरुङ, आमा समूहका सचिव बिमला गुरुङ, प्रमुख अतिथि खेगीगुरु कृष्ण बहादुर गुरुङ लगायतले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्यका क्रममा तमू समाज इजरायलका भुपू संरक्षक डम्बर गुरुङले स्यार्का नाच मृत्यु संस्कारमा नाचिने विषेश प्रकारको साँस्कृतिक नाच भएको हुदाँ संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । स्यार्का नाचले गुरुङ समुदायमा छुट्टै पहिचाहन कायम राख्ने हुदाँ नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रम संस्थाका महासचिव चित्र गुरुङले संचालन गर्नु भएको थियो ।

त्यसैगरी, कार्यक्रममा स्वागतका लागि बाबा समुहले स्यार्का नाँच, आमा समूहले घाँटु र झ्याउरे नाँच प्रस्तुत गरेका थिए । मिलिजुली बाबा समूहले काठमाडौंमा स्यार्का समुह गठन गरी विभिन्न स्थानहरुमा स्यार्का नाँच प्रस्तुत गरि सकेको छ । स्यार्का गुरुङ समुदायको मृत्यु संस्कारमा नाचिने संस्कृति नाँच हो ।

फोटो फिचर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार