पर्वतारोही कामीरिता शेर्पाद्वारा २९औं पटक सगरमाथाको सफल आरोहण

  गौरीशंकर टाइम्स संवाददाता  56 पटक हेरिएको

काठमाडौ । नेपाली पर्वतारोही कामरिता शेर्पाले २९औं पटक सगरमाथाको सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनले बैशाख ३० गते सोमबार बिहान ७ः२५ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

शेर्पा विश्वकै सबैभन्दा धेरै पटक हिमाल आरोहण गर्ने सफल पर्वतारोही हुन् । उनले विगतका केही वर्षदेखि निरन्तर सगरमाथा आरोहण गर्दै आएका छन् ।

उनको जन्म सन् १९७० मा सोलुखुम्बुको थामेमा भएको थियो । उनी सन् १९९४ देखि सगरमाथा आरोहण अभियानमा सहभागी हुँदै आएका छन् । उनले सगरमाथा लगायत ८ हजार मिटरभन्दा माथिका अन्य हिमाल ४३ पटक सफलतापूर्वक आरोहण गरिसकेका छन् ।

अर्का प्रसिद्ध पर्वतारोही अप्पा शेर्पाले केही वर्षअघि सगरमाथाको २१ वटा चुचुरो चढेर विश्व कीर्तिमान कायम गरेका थिए । त्यसयता २२ औं पटक सगरमाथा आरोहण गरेपछि कामरिताले विश्व कीर्तिमान आफ्नो नाममा राख्दै आएका छन् । कामीरिताले आइतबार २९औँ पटक सगरमाथा आरोहण गर्दै नयाँ रेर्कड राखेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार