पार्टी विभाजनसँगै उपेन्द्र यादवद्वारा राजीनामा, जसपा सरकारबाट बाहिरियो

  गौरीशंकर टाइम्स संवाददाता  184 पटक हेरिएको

काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । जसपा नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन् ।

जसपाबाट सहभागी यदवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । जसपा नेपालबाट संघीय सरकारमा यादव र राज्यमन्त्रीमा कार्की सामेल भएका थिए ।

त्यसैगरी, जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सदस्य अलगिएर राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन गरेका थिए । जसपा नेपालबाटै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार