राष्ट्रपति पौडेलद्धारा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत

  गौरीशंकर टाइम्स संवाददाता  191 पटक हेरिएको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुदै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखिएको छ । कार्यक्रममा रोजगारी सृजना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र सरलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापनामा लगाएतका योजनामा जोड दिइएको छ ।

यस्तै बैंक वित्तीय संस्था र सहकारीका समस्या समाधान, कृषिमा लगानी दशक घोषणा, पाँच लाख भूमिहीनलाई जग्गा, एक हजार जना युवालाई “स्टार्टअप” व्यवसाय गर्न सहुलियत कर्जा, बूढीगण्डकी र नलगाडको निर्माण, नेपालको आफ्नै भू–उपग्रह स्थापना, ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लगाएत नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

त्यसैगरी, सरकारले शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने भएको छ । आउँदो दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजार जनालाई रोजगारी दिने घोषणा पनि गरेको छ । प्रतिनीधि सभाको संयुक्त बैठकमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार