आउँदो मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना, तापक्रम पनि बढ्ने

  गौरीशंकर टाइम्स संवाददाता  170 पटक हेरिएको

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आउँदो मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ । आइतवार राष्ट्रिय मनसुन फोरम २०८१ ले आउँदो मनसुनी अवस्थाबारे आयोजित सार्वजनिक कार्यक्रममा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको निश्कर्ष निकालेको हो ।

विभागका मौसमविद् सुदर्शन हुमागाईँले धेरैजसो ठाउँमा सरदरभन्दा ३५ दशमलव चार प्रतिशतदेखि ५५ दशमलव चार प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।

साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ । यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।

साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।

त्यसैगरी, मौसम भित्रिएपछि देशका अधिकतम वर्ष हुने स्थानहरुका स्थानीयहरुले सर्तक हुन समेत मौसम विभागले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार