पेट्रोलियम पदार्थको मुल्य घट्यो, एलपी ग्यास यथावत

  गौरीशंकर टाइम्स संवाददाता  194 पटक हेरिएको

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको हो । आईओसीले पेट्रोलियम पदार्थमा घटाएर पठाएको नयाँ मुल्य सुची अनुसार निगमले मुल्य घटाएरका हुन् ।

पेट्रोलियम पदार्थको घटेको मुल्य बुधबार रातिदेखि नै लागुहुने निगमले जनाएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत राखेको छ ।

मुल्यसुची

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार