नेपाली भाषाको गुरुङ चलचित्र “उज्यालो” जेठ ५ गते प्रदर्शन हुदै

  गौरीशंकर टाइम्स संवाददाता  462 पटक हेरिएको

किशोर कुमार गुरुङ, काठमाडौं । गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ जेठ ४ गतेदेखि प्रदर्शन हुनेभएको छ । आशिमाला फिल्मस प्रोडक्सन प्रा.लि. को ब्यानरमा निर्माण भएको नेपाली भाषाको गुरुङ चलचित्र “उज्यालो” गोंगबुस्थित इन्फिनिटी फिल्म हलमा प्रदर्शन हुनलागेको हो ।

चलचित्रकर्मी मान बहादुर गुरुङको कथा र परिकल्पनामा निर्माण भएको चलचित्रको निर्देशन जनक गुरुङले गर्नुभएको हो । चलचित्र ‘उज्यालो’ मा खड्ग बहादुर गुरुङ, सुरेश गुरुङ र जेनिशा गुरुङ निर्माता रहनुभएकोे छ । चलचित्रमा अमिर गुरुङ, तलिषा गुरुङ, मन्जु गुरुङ, आशिष गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्र “उज्यालो” आशिमाला फिल्म प्रोडक्शन प्रा.लि. को पहिलो र निर्माता खड्गबहादुर गुरुङको दोस्रो प्रस्तुति हो । चलचित्र गोंगबुस्थित इन्फिनिटी हलमा जेठ ४ गते शुक्रबार भिआईपी र ५ गते शनिबार साधारण शो हुने कथाकार एवं परिकल्पनाकार मानबहादुर गुरुङले जानकारी दिनुभयो । उनले चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको समेत बताए ।

चलचित्रको गीतको भिडियो र टेलर यसअघि नै सार्वजनिक भैईसकेको निर्माता खड्ग बहादुर गुरुङले बताउनुभयो । चलचित्रको गीतको भिडियो र टेलर नबज्योति सेरेफेर यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेको निर्माता गुरुङले बताए ।

त्यसैगरी, चलचित्र “उज्यालो” का गीतमा दिप गुरुङको कोरियोग्राफी रहेको भिडियोको छायाँकन खेम बहादुर थापाले गरेका हुन् । भिडियोको सम्पादन मेक बहादुर थापाले गरेका छन् । निर्माता कम्पनीले प्रवेश शुल्क रु पाँच सय तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार