Advertisement

EN

EN

Edit Content

७२ लाखको कारोबारसंगै दोस्रो फ्लोरा एक्स्पो सम्पन्न, फोटो फिचरसहित

Advertisement

काठमाडौँ । तिहारको उत्सव, फूलको महोत्सव भन्ने मुल नाराका साथ सुरु भएको तिहार फ्लोरा एक्स्पो–२०८१ सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा दोस्रो तिहार फ्लोरा एक्स्पो २०८१ सम्पन्न भएको हो ।

गत शुक्रवारबाट काठमाडौको भृकुटीमण्डपमा मंगलबारसम्म चलेको तिहार लक्षित तिहार फ्लोरा एक्सपोमा नर्सरी जन्य विरुवाहरु लगायत मलखाद, औजार प्रर्दशनमा राखेको थियो । तिहार फ्लोरा एक्सपोमा ६५ वटा ब्यवसायीक स्टल र बनस्पती बिभाग ,पुष्प विकास केन्द्र विकास र अफिसियल सहित ७० वटा स्टल राखीएको थियो ।

यस मेलाले आर्थिक मन्दीले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमीहरूलाई उत्साहित गर्न गरिएको नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताउनु भयो । व्यवसायी र उपभोक्ताको दुरी घटाउने र नर्सरी ब्यवसायीहरुले उत्पादन गरेका कृर्षि तथा बन जडीबुटी नर्सरी फलफूल औजार उपकरण सबै एकै थलोमा भएकाले अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रहेको अध्यक्ष तिमिल्सिनाको बताउनु भयो ।

एक्स्पोमा ७२ लाखको कारोबार भएको र एक्स्पो ४० हजार भन्दा बढीले अवलोकन गरेको एक्स्पोकी सयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् । यस मेलामा अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु.१०० र विद्यार्थी तथा जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु. ५० रहेको थियो ।

त्यसैगरी, तिहार विशेष फ्लोरा एक्स्पो–२०८१ को प्रवर्धक संस्थाहरुमा पुष्प विकास केन्द्र, वनस्पति विभाग रहेको र विशेष सहयोगी संस्था शलोम एग्रीकल्चर प्रा.लि. सेवा म्यानुफयाक्चरिङ, अगानिक बायो फर्टिलाइजर प्रा.लि. ग्रिस्मा नर्सरी रहेको थियो ।

फोटो फिचर

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

किशोर गुरुङ, कात्तिक ३, २०८२ काठमाडौं । विश्वभर छरिएर रहेका तमू(गुरुङ) समुदायका संघसंस्था र व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याई ...
मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

काठमाडौं । तमू समुदायका अग्रज, शिक्षाविद् तथा समाजसेवी प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस श्रद्धापूर्वक सम्पन...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज